बुढेसकालको साहारा जनप्रतिनिधि ‘७१ वर्षको उमेरमा नागरिता’ – Kanika Khabar
Thursday, April 18Nepali News Portal

बुढेसकालको साहारा जनप्रतिनिधि ‘७१ वर्षको उमेरमा नागरिता’

    मा प्रकाशित

                            शिवु खनाल
दाङ, २० मंसिर।
छिमेकी राष्ट्र भारतसँग जोडिएको दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ सानी मनौरानाका निवासी ७१ वर्षिय बोमरी दसौदी सोमवार खुब खुशी भेटिइन् । जिल्ला प्रशासन कार्यालय लमहीबाट नागरिकता पाएपछि उनको खुसीको सीमा नै थिएन । उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, जनप्रतिनिधिले हातमा नागरिता दिनुभयो, उहाँले भन्नुभयो,–। ‘स्थानीय तहमा जनप्रतिनिधिले आएपछि निकै सहज भएको छ । नागरिकता बनाउन पाउँदा खुशी नहुने कुरै भएन । मर्ने बेला नेपाली नागरिक पनि भइयो ।’
नागरिकताकै लागि मगरले वर्षौ संघर्ष गरिन् । उमेर छदै विभिन्न सरकारी निकाय धाइन् । तर, कतैबाट पनि उनले नागरिकता प्राप्त गर्न सकिनन् । सरकारी निकायले मागेका कागजात पूरा गर्न नसक्दा उनले नागरिकता प्राप्त गर्ने आश मारिसकेकी थिइन् । तर, सोमवार इलाका प्रशासन कार्यालय लमहीबाट नागरिकता प्राप्त गरेपछि उनमा खुशीको सीमा छैन । ‘नागरिकता नपाएरै मर्छु जस्तो लागिरहेको थियो । ७१ वर्षको उमेरमा नागरिकता पाएपछि मगरले भनिन्, ‘अव सिरानीमै नागरिकता राखेर मर्छु ।’
राजपुर गाउँपालिका वडा नम्बर ७ का वडासदस्य लिलाराम विकले इलाका प्रशासन कार्यालय लमहीमा सीता मगरलाई लिएर नागरिकता बनाउन पुग्नु भएको थियोे । ञअहिलेसम्म हामीले पनि खास मतलब गरेका थिएनौं, कारण हो, उहाँको नागरिता छैन भन्नेमा हामी जानकार थिएनौं । तर थाहा पाएलगत्तै उहाँलाई इलाका प्रशासन कार्यालय लमहीमा लिएर नागरिता बनाइदियौँ, वडासदसय विकले भन्नुभयो,–। ‘बुढेसकालमा नागरिकता पाउँदा म पनि धेरै खुशी छु, उहाँले भन्नुभयो ।’
नागरिकता नभएकै कारण सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकी मगरले नागरिकता प्राप्त गरेसँगै नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता पनि पाउने हुनुभएको छ । मगरजस्तै राजपुर गाउँपालिका १ देखि ७ सम्मका स्थानीय नाकाबासीहरूले बुढेसकालको उमेरमा नागरिता पाउदा निकै खुसि व्यक्त गरेका छन् ।
पछिल्लो समय यता स्थानीय तहका जपप्रतिनिधिहरु निकै सक्रियताका साथ जनातको काममा लागिपरिरहेका छन् । जसको कोही छैन उनिहरुको काममा अहोरत्र खटेर जनतालाई सेवा प्रदान गर्दै आएको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडासदस्य लिलाराम वि.कले बताउनुभयो । उहाँले जनाको काम गर्दा आफुलाई छुट्टै आननन्तको आभाष हुने बताउनुहुदँै, जनताको समस्यालाई घर परिवारकै समस्या सरह लिएर सबै कामलाई प्रथामिकताम राखेर मुस्कन सहितको सेवा प्रदान गर्दै आएको बताउनुभयो । हामीलाई एकपटक होइन । पटकपटक यिनै जनताको आवश्यक हुन्छ । जनता नभए राजनिति कस्का लागि गर्ने, वडासदस्य वि.कले भन्नुभयो ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्