बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन समुदायस्तरमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन समुदायस्तरमा

    मा प्रकाशित

लन्डन, २१ मंसिर।

बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई सम्बाेधन गर्दै स्वास्थ्यमन्त्री सजिद जाभिदले नयाँ भेरियन्ट समुदायस्तरमा फैलिएकाे बताएका छन् । पछिल्लाे तथ्या‌कअनुसार बेलायतमा २६१, स्कटल्यान्डमा ७१ र वेल्समा चार जनामा अ‌ाेमिक्राेन देखिएकाे छ ।

पछिल्ला संक्रमण दरकाे अन्तर्रााष्ट्रय यात्रासँग कुनै सम्बन्ध नरहेकाे उनले बताएका छन् । ‘अब अ‌ाेमिक्राेन बेलायतका विभिन्न क्षेत्रमा समुदाय तहमा फैलिसकेकाे छ ,’ उनले भने । बेलायतले दक्षिण अफ्रिकाका विभन्न देशमाथि यात्रा प्रतिबन्ध लगाएकाे छ । तर, ओमिक्राेनका बिरामीमा सामान्य लक्षण देखिएकाे समाचारमा जनाइएकाे छ ।

नयाँ भेरियन्टकाे असर र अहिले प्रचलित खाेपले भेरियन्टविरुद्ध काम गर्ने नगर्ने वारेमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । नयाँ भेरियन्ट नेपाललगायत ४३ देशमा फैलिसकेकाे छ । भेरियन्ट फैलिएसँगै विभिन्न देशहरुले प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्