काङ्ग्रेस महाधिवेशन : संस्थापन पक्षकाे प्यानल घोषणा गर्दै देउवा – Kanika Khabar
Friday, April 19Nepali News Portal

काङ्ग्रेस महाधिवेशन : संस्थापन पक्षकाे प्यानल घोषणा गर्दै देउवा

    मा प्रकाशित

काठमाडौं २२ मंसिर। प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका तर्फबाट उम्मेदवार छान्न बुधबार आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् ।

उनले बिहान ९ बजे बोलाइएको बैठकमा सभापति देउवाले आफू पक्षका नेताहरुलाई मात्रै बोलाएको बताइएको छ । बैठक पनि पदाधिकारी उम्मेदवारको टुंगोल लाग्ने छ । यही २५ गतेबाट नेपाली काँग्रेसको १४औं महाधिवेशन हुँदैछ । जसमा सभापति देउवाले संस्थापन पक्षबाट सभापतिको उम्मेदवारी दिनेछन् । आज बस्ने बैठकले संस्थापन पक्षबाट प्यानल नै घोषणा हुने बताइएको छ ।

काँग्रेसमा २ जना उपसभापतिको व्यवस्था रहेको छ । जसमा यो अधिवेशनमा देउवा पक्षकै ४ जनाले उपसभपतिको दाबी गरिरहेका छन् । त्यस्तै महामन्त्री र सहमहामन्त्रीको लागि पनि नाम टुङ्गाउनु देउवालाई सकस छ ।

हाल उपसभापतिमा विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का उपसभापतिका लागि मुख्य दाबेदारीका रुपमा प्रस्तुत भएका छन् ।

यसैगरी महामन्त्रीमा वर्तमान सहमहामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, एनपी साउद, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्माको दाबी रहेको बुझिएको छ ।

यसैगरी खसआर्यतर्फको सहमहामन्त्रीमा मोहन बस्नेत, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराईलगायतले दाबी गरेका छन् भन् अन्य पनि आकांक्षी रहेका छन् । सहमहामन्त्रीमा दलिततर्फबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार मुख्य दाबेदार हुन् ।

सहमहामन्त्रीतर्फ नै मुस्लिम कोटामा देउवा समूहबाट फर्मूल्लाह मन्सुर र अत्तहर कमाल मुसलमानको दाबेदारी छ । महिलातर्फको सहमहामन्त्रीमा चित्रलेखा यादव, पुष्पा भुसाल, डीना उपाध्याय, डा। डिला संग्रौला, ईश्वरी न्यौपाने र अम्बिका बस्नेतलगायतको दाबेदारी छ ।

आदिवासी जनजातिको कोटाबाट सहमहामन्त्री भीष्मराज आङ्देम्बे, चीनकाजी श्रेष्ठ र बहादुर लामाको दाबेदारी छ । मधेसीफतर्फ सहमहामन्त्रीमा महेन्द्र यादव, अजय चौरासिया, महेश चौरसिया, जंगीलाल राय, रामसरोज यादवलगायतको दाबेदारी छ ।

थारुतर्फको सहमहामन्त्रीमा रामजनम चौधरी र योगेन्द्र चौधरीको दाबेदारी छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्