जनकपुरमा राम सीता विवाह महोत्सव – Kanika Khabar
Friday, March 29Nepali News Portal

जनकपुरमा राम सीता विवाह महोत्सव

    मा प्रकाशित

२२ मंसिर, काठमाडौं ।  राम र  सीता को बिहे भएको सम्झनामा आज जनकपुरमा विवाह पञ्चमी महोत्सव मनाइँदै छ । त्रेता युगमा अयोध्याका  राजा दशरथका छोरा  राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी)को बिहे भएको सम्झनामा  विवाह पञ्चमी महोत्सव मनाइँदै छ ।

विवाह पञ्चमी भनिने यसदिन राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाउने चलन छ । यस दिन जनकपुरमा विशेष रौनक हुन्छ ।

जनकपुरमा साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ । यसको मुख्य आकर्षण आज हुने राम(जानकीको प्रतीकात्मक विवाह हो । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी जनकपुरको रंगभूमिमा पुर्‍याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता(रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । विवाह महोत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ति र डोला हेरिने परम्परा छ ।

यस अवसरमा सहभागी हुन नेपालका विभिन्न प्रदेशका साथै छिमेकी मुलुक भारतको अयोध्याबाटसमेत श्रद्धालुहरू जन्तीको रुपमा सहभागी हुने गर्छन् । गत वर्ष भने कोरोना संक्रमणको कारण औपचारिकता पूरा गर्नमात्र राम(जानकी विवाह महोत्सव मनाइएको थियो ।

यस वर्ष काठमाडौंबाटसमेत जन्तीको रुपमा एक टोली मंगलबार जनकपुर प्रस्थान गरेको छ । गुठी संस्थानका सहायक प्रशासक आनन्दप्रसाद कर्माचार्यले मिठाइ, फलफूल, शृङ्गारका सामग्री, सुगन्धसहित संस्थानको एक टोली विवाह पञ्चमीमा सहभागी हुने परम्परा रहेको जानकारी दिए ।

 

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेकी छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्