खोपले ओमिक्रोन संक्रमितलाई अस्पताल जानबाट जोगाउँछ : डब्लूएचओ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

खोपले ओमिक्रोन संक्रमितलाई अस्पताल जानबाट जोगाउँछ : डब्लूएचओ

    मा प्रकाशित

न्युयोर्क – अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

अहिले प्रयोग भइरहेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि गम्भीर बिरामी हुनबाट जोगाउने डब्ल्यूएचओका आपतकालीन निर्देशक डा. माइक रायनले बताएका छन् ।

प्रचलित खोपले सबै भेरियन्टका संक्रमितलाइ अस्पताल जानबाट जोगाउने उनको भनाइ छ । दक्षिण अफ्रिकामा ओमिक्रोन स‌क्रमितहरुमा गरिएको एउटा ल्याब परीक्षाणमा अहिले प्रयोगमा ‌आएकै खोपले काम गर्ने देखिएको हो ।

चलन चल्तिमा आएका खोप कति हदसम्म प्रभावकारी हुन्छन भन्ने बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।खबरहबमा याे समाचार रहेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्