देशभरका १० जिल्लाका ३० पालिका बाढीपहिरो सङ्कट क्षेत्र घोषणा – Kanika Khabar
Thursday, December 1Nepali News Portal

देशभरका १० जिल्लाका ३० पालिका बाढीपहिरो सङ्कट क्षेत्र घोषणा

    मा प्रकाशित

मंसिर २२, काठमाडौँ ।

सरकारले देशभरका १० जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ । बेमौसमी वर्षाका कारण सुदूरपश्चिमका ६ जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै गृह मन्त्रालयले १० जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले कात्तिक ३÷४ गते बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकोले सङ्टग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो ।

सोही माग बमोजिम मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।सरकारको निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको ६, लुम्बिनीको १ र प्रदेश १ को ३ जिल्लाका ३० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रि विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले बताउनुभयो ।

असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिराले दजर्नौंको मृत्यु भएको थियो भने करोडाँैको बालीनाली नोक्सान भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्