कोरोना अपडेट : सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना अपडेट : सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै

    मा प्रकाशित

मंसिर २२, दाङ /
गत २४ घन्टामा देशभर थप २ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४७ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा १२ हजार १ सय ७४ कोरोना परीक्षण गरिएको छ ।

 

जसमा १ हजार १ सय ६८ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना र ३ हजार ६ एन्टीजेन परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ३ सय ६६ जना स्वस्थ भएका छन् ।

 

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख ५ हजार ३ सय ७१ पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर २ लाख ८३ हजार १ सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने हाल देशभर ६ हजार २ सय ३९ सक्रिय सङ्क्रमित रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्