‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन र पुलिस बराबरीमा रोकिए – Kanika Khabar
Thursday, April 18Nepali News Portal

‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन र पुलिस बराबरीमा रोकिए

    मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अङ्क बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेको हो ।

 

हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी गर्दै अङ्क बाँडेको हो ।खेलको ५३ सेकेण्डमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाउनुभयो ।

 

दोस्रो हाफमा आक्रामक बनेको पुलिसले खेलको ६० औं मिनेटमा बराबरी गोल फर्कायो । बराबरीसँगै पुलिस ३ खेलमा ५ अङ्क जोड्दै चौंथो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा ३ खेलमा २ अङ्क जोड्दै लिगको १२ औं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्