भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सेना प्रमुख रावतको निधनप्रति दुख व्यक्त – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सेना प्रमुख रावतको निधनप्रति दुख व्यक्त

    मा प्रकाशित

एजेन्सी, २२ मंसिर । भारतीय सेनाका प्रमुख एवं पहिलो चिफ अफ डिफेन्स स्टाफ सीडीएस बिपिन रावत र उनकी पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ ।

बुधबार भारतको तमिलनाडुमा एक हेलिकप्टर दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । भारतीय वायु सेनाले ट्विटरमा यसबारे जानकारी दिएको छ ।

हेलिकप्टरमा सवार १४ जना मध्ये १३ जनाको दुर्घटनामा मृत्यु भएको हो । ग्रुप क्याप्टेन वरुण सिंह दुर्घटनामा घाइते भएका छन् ।

उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुख रावतको निधनमा गहिरो दुस्ख व्यक्त गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्