लगनखेलस्थित मानसिक अस्पतालमा पहिलाे पटक मानसिक स्वास्थ्य नर्सकाे पाेस्टिङ – Kanika Khabar
Thursday, April 18Nepali News Portal

लगनखेलस्थित मानसिक अस्पतालमा पहिलाे पटक मानसिक स्वास्थ्य नर्सकाे पाेस्टिङ

    मा प्रकाशित

                 मंसिर २१, दाङ ।

मानसिक अस्पतालमा पहिलाे पटक मानसिक स्वास्थ्य नर्सकाे पोस्टिङ भएकाे छ ।
लगनखेलस्थित मानसिक अस्पतालमा पहिलाे पटक पाेस्टिङ हुने मानसिक स्वास्थ्य नर्स अधिकृत टिका रावत रहेकी छिन् ।

नर्सिङ अधिकृत रावत लगनखेलस्थित मानसिक अस्पतालकी निमित्त नर्सिङ प्रमुख हुन् । गत कात्तिक २८ गतेदेखि देशकै प्रमुख मानसिक अस्पतालको निमित्त नर्सिङ प्रमुखका रुपमा उनले कार्यभार सम्हालेकी हुन् । नेपाल सरकारकी सातौं तहकी नर्सिङ अधिकृत टिकाले बिएन पनि साइक्याट्रिक नर्सिङमै गरेकी हुन् ।

२०४४ सालमा सुर्खेतमा जन्मिएकी टीका मानसिक स्वास्थ्यको ५० शैय्याको एकमात्र विशिष्टीकृत संघीय अस्पतालमा मानसिक स्वास्थ्य नर्सिङ पढेकी एक्ली नर्स हुन् । उनले साइक्याट्रिक नर्सिङमा बिएन र एमएन गरेकी छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्