एमाले केन्द्रीय कमिटी बैठकमा १५ एजेण्डामा छलफल हुँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एमाले केन्द्रीय कमिटी बैठकमा १५ एजेण्डामा छलफल हुँदै

    मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकमा बिभिन्न १५ एजेण्डामा छलफल हुनेछ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा २५ र २६ मंसिरमा बस्ने बैठकमा छलफल हुने एजेण्डा तय भएको छ ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार विभिन्न १५ एजेण्डामा बैठकमा छलफल हुने छ ।  शपथग्रहण गर्न बाँकी केन्द्रीय सदस्यलाई शपथग्रहण गराउने, महाधिवेशनको सामान्य समीक्षा, केन्द्रीय सदस्यमा मनोनयन, स्थायी कमिटी गठन, पोलिटव्युरो कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, नेताका जिम्मेवारी विभाजन, प्रदेशमा रिक्त पदाधिकारी मनोनयन केन्द्रीय कमिटीबाट हुने छन् ।

त्यस्तै, जिल्ला र प्रदेश अधिवेशन मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, नेताको वरियाता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान’ लगायत बैठकमा छलफल हुनेछ ।  यसअघि, महासचिव तथा सचिव बैठकले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने निर्णय गरेको थियो ।

बैठक ११ बजे सुरु हुने बताइएको छ । एमालेले महाधिवेशन अघिसम्म केन्द्रीय कमिटीलगायत बैठक ललितपुर च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा राख्दै आएको थियो । महाधिवेशनपछि केन्द्रीय कमिटी संख्या बढेर ३ सय १ भएपछि च्यासलमा स्थान अभाव हुने भएकाले भक्तपुरमा बस्न लागेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्