माओवादी केन्द्रद्वारा ३३ वटा केन्द्रीय विभाग गठन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

माओवादी केन्द्रद्वारा ३३ वटा केन्द्रीय विभाग गठन

    मा प्रकाशित

काठमाडाैँ,  २३ मंसीर । नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । विषय विज्ञ समेत राखेर बनाइएका विभाग प्रमुख र उपप्रमुख भने पार्टीका नेताहरूलाई नै बनाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्कूल विभाग इन्चार्ज बन्नुभएको छ भने प्रमुखको जिम्मेवारी नेता गिरिराजमणि पोखरेलले प्राप्त गर्नुभएको छ । नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बन्नुभएको छ ।

सङ्गठन विभाग प्रमुख भने अर्थमन्त्री समेत रहनुभएका जर्नादन शर्मा बन्नुभएको छ, नेता वर्षमान पुनले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएको छ । यस्तै प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ । माओवादीले हरेक विभाग ३५ सदस्यीय हुने जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्