सभापतिको दौडबाट पछि हट्दिन : प्रकाशमान – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सभापतिको दौडबाट पछि हट्दिन : प्रकाशमान

    मा प्रकाशित
काठमाडौं, २३ मंसिर ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् ।
महाधिवेशन सुरु हुन केही घण्टामात्र बाँकी रहँदा सभापतिमा साझा उम्मेदवारी चयन गर्न नसकेका वरिष्ठ नेता रामचन्द्र पौडललाई सिंहको यो अभिव्यक्तिपछि थप संकट निम्तिएको छ ।

पार्टीभित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचे अनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई विधि विधान अनुसार चलाउन र समावेशीरूपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताए ।

काठमाडौंको बानेश्वरमा बिहीबार सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई विधिसम्मत नियमसम्मत र संस्थागतरूपमा अगाडि बढाउन र सम्पूर्ण चुनौतीलाई सामना गर्दै आफूले कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रूपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागि दाबी गरेको बताए ।

कार्यक्रममा सिंहले कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दु:ख समेत व्यक्त गरे । न्युज कारखाना

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्