माओवादी केन्द्रले प्रदेश पदाधिकारीको सङ्ख्या थप्यो – Kanika Khabar
Thursday, December 1Nepali News Portal

माओवादी केन्द्रले प्रदेश पदाधिकारीको सङ्ख्या थप्यो

    मा प्रकाशित

मंसिर २३, दाङ ।
नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको सङ्ख्या थप गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले यसअघि सात जना रहने भनिएको पदाधिकारीको सङ्ख्या बढाएर ९ पु¥याएको हो ।

 

प्रदेश पदाधिकारीमा अध्यक्ष– १, उपाध्यक्ष– ३, सचिव– १, सहसचिव– ३ र कोषाध्यक्ष– १ जना रहने बैठकबाट निर्णय भएको पार्टी प्रवक्ता कृष्ण बहादुर महराले बताउनुभयो ।उहाँले प्रदेश समितिमा रहने सदस्यको सङ्ख्या पनि थप गरिएको जानकारी दिनुभयो । जसमा न्यूनतम आधार सङ्ख्या १ सय ७५ मानिएको छ। जसमा प्रदेश र सङ्घीय निर्वाचन क्षेत्रलाई आधार मानेर सङ्ख्या निर्धारण गरिने प्रवक्ता महराले बताउनुभयो।

 

प्रदेश १ मा १ सय ७५ र ८४ गरी २ सय ५९, प्रदेश २ मा १ सय ७५ र ९६ गरी २ सय ७१, बागमति प्रदेशमा १ सय ७५ र ९९ गरी २ सय ७४ हुने भए पनि बिजोर अङ्क राख्न २ सय ७५ कायम गरिएकोछ ।

 

गण्डकी प्रदेशमा १ सय ७५ र ५४ गरी २ सय २९, लुम्बिनी प्रदेशमा १ सय ७५ र ७८ गरी २ सय ५३, कर्णाली प्रदेशमा १ सय ७५ र ३६ गरी २ सय ११, सुदूरपश्चिम प्रदेशमा १ सय ७५ र ४८ गरी २ सय २३जना सदस्य रहनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्