दाङकी विमला नेपालीद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङकी विमला नेपालीद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    मा प्रकाशित

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेस नेतृ एवं संघिय संसदकाे प्रतिनिधि सभा सांसद विमला नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । आसन्न १४ औं महाधिवेशनमा दाङ निवासी नेपालीले समावेशी –कोटा अन्र्तगत दलित महिला केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी हुन । पार्टीको दलित संघमा सक्रिय नेतृ नेपाली यसअघि संविधानसभा सदस्य भइसकेकी छन् ।

दलित आन्दोलनमा अग्रणी भूमिका निभाउने नेपाली विद्यार्थी कालदेखिनै सक्रिय राजनीतिमा रहेकी छन् ।  २०५९ कांग्रेसको भातृ संस्था दलित संघमा आमन्त्रीत केन्द्रीय सदस्य बनेकी नेपाली  २०६६ सालमा आउदा नेपाल दलित संघकै केन्द्रीय कोषाअध्यक्षमा निर्वाचित   भइन । २०६४ सालको पहिलो संविधानसभामा समावेशी तर्फ समानुपातिक सदस्य बन्न सफल भईन ।

संविधानसभामा रहदा दलितका हक अधिकार स्थापित गर्न निकै संघर्ष गरेकी नेपाली अहिले  संघीय संसदको प्रतिनिधिसभा समानुपालिक सांसद छिन । आफ्नो जीवन पुरै राजनीतिकमा सर्मपण गरेकी नेपाली विभिन्न संघसंस्थामा आवद्ध छिन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्