म थाकेकाे छैन, बलियाे काङ्ग्रेसलाई खुन दिन आएकाे हुँ : गच्छदार – Kanika Khabar
Thursday, April 25Nepali News Portal

म थाकेकाे छैन, बलियाे काङ्ग्रेसलाई खुन दिन आएकाे हुँ : गच्छदार

    मा प्रकाशित

मंसिर २४, काठमाडौं ।         नेपाली कांग्रेसका उपसभापति विजय गच्छदारले आफूले राजनीतिबाट नथाकेकाे बताएका छन् । उनले भने, `म थाकेकाे छैन,  म   थाकेर नभई बलियो कांग्रेसलाई खुन दिन पार्टी एकता गरेको हुँ ।´

उनले कांग्रेसको १४औं महाधिवेशनको उद्घाटनसत्रमा बोल्दै जय नेपालको नारालाई देशव्यापी बनाउन आएको धारणा राखेका हुन् ।

उनले नेता कार्यकर्ताहरूलाई स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । ‘अस्वस्थ प्रतिस्पर्धा नगर्नुस् । म पनि स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन पहल गर्छु । एकताबद्ध भएर कांग्रेसमा आएको छु,’ उनले भने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्