तुलसीपुर महोत्सव सफल बनाउन विभिन्न उपसमिति गठन – Kanika Khabar
Friday, March 29Nepali News Portal

तुलसीपुर महोत्सव सफल बनाउन विभिन्न उपसमिति गठन

    मा प्रकाशित

तुलसीपुर, २५ मंसिर ।

तुलसीपुर महोत्सवलाई भव्य रुपमा सफल बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गरेको हो ।

जस अन्तर्गत सचिवालय व्यवस्थापन समितिको संयोजकमा प्रेम प्रकाश गिरी, आर्थिक समितिको संयोजकमा तेज बिक्रम घर्ती, संचार समितिको संयोजकमा ओपेन्द्र बस्नेत, शान्ति सुरक्षा व्यवस्थापन समितिका संयोजक ऋषीराज भण्डारी, सांकृतिक समितिको संयोजकमा सन्तोष खड्का, बाल उद्यान समितिको संयोजकमा मंजित पुन, टिकट व्यवस्थापन समितिको संयोजकमा निर्मल पौडेल, व्याज, अथिति सत्कार समितिको संयोजकमा वेणु अधिकारी, झाँकी तथा ¥याली व्यवस्थापन समितिको संयोजकमा लोकेन्द्र वली, यातायात व्यवस्थापन समितिको संयोजकमा प्रेम बहादुर बाँठा, सरसफाई समितिको संयोजकमा चक्र नेपाली, स्वास्थ्य समितिको संयोजकमा भागवत कमलापुरी, खानेपानी तथा विद्युत समितिको संयोजकमा सुमन गिरी, अथिति तथा सत्कार समितिको संयोजकमा पदम पोख्रेल, आवास तथा भोजनालय व्यवस्थापन समितिको संयोजकमा कर्णबहादुर डाँगी र मञ्च व्यवस्थापन समितिको संयोजकमा दुर्गा प्रसाद शर्मा रहनुभएको छ ।

कृषी, पर्यटन, व्यापार औद्योगिक क्षेत्रको विकास र पवद्र्धन गर्ने उद्देश्यले तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा पुस १ गतेदेखि १२ गतेसम्म तुलसीपुर महोसत्व संचालन हुन लागेको संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्