काङ्ग्रेसमा विचलन आइरहेको छ, म सभापतिको रिङमा छैन : पौडेल – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

काङ्ग्रेसमा विचलन आइरहेको छ, म सभापतिको रिङमा छैन : पौडेल

    मा प्रकाशित

काठमाडौँ, मंसिर २५ ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी नदिने निर्णय लिएका छन् । उनले केहिबेर अघि बिज्ञप्ती जारी गरेर आफू सभापतिको रेसबाट बाहिरिएको जनाएका हुन् । तथापी पार्टी भित्रका बिकृति बिरुद्ध भने आफ्नो लडाइँ जारी रहने उनले उल्लेख गरेका छन् ।

उनले काङ्ग्रेसमा विचलन आइरहेको बताउँदै आफू सभापतिको उम्मेदवारको रुपमा नरहने पनि बताएका छन् ।

जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याएका छन् ।

१. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ ।

२. पार्टी सत्ताको भर्‍याङमा सीमित भयो ।

३. संस्थापक नेताहरुको आदर्श र मूल्यलाई निरर्थक बनाइयो ।

४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ ।

५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु ।

 

bigyapti rc.jpg

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्