महामन्त्रीमा खाँण शर्मा बाहिरिएपछि थापालाई सहज – Kanika Khabar
Tuesday, November 29Nepali News Portal

महामन्त्रीमा खाँण शर्मा बाहिरिएपछि थापालाई सहज

    मा प्रकाशित

काठमाडौँ,मंसिर २५ ।
महामन्त्री पदमा संस्थापन पक्षबाट बालकृष्ण खाँण र प्रवक्ता बिश्वप्रकाश शर्मा बाहिरिएपछि गगन थापालाई सहज जीतको सम्भावना बढेर गएको छ । त्यसोत, थापा संस्थापन इतरबाट महामन्त्रीमा निर्वाचित हुने आँकलन कांग्रेसबृत्तमा गरिएकै थियो ।

 

तर संस्थापन पक्षका प्रभाव राख्न सक्ने नेताहरु खाँण र शर्मा महामन्त्रीको रेसबाटै बाहिरिएपछि थापाको प्रभाव झनै बलियो बनेको उनि निकटस्थ नेताहरु बताउँछन् ।

 

‘गगन थापालाई संस्थापन पक्षका खाँण र शर्मा महामन्त्रीको रेसबाट बाहिरिएपछि चुनाव जित्नका लागि झनै सहज भएको छ,’ एक नेताले भने ‘अब गगनको एकल प्रभाव महामन्त्रीमा देखिने भयो नै ।’ संस्थापन पक्षबाट प्रकाशशरण महत र प्रदीप पौडेललाई महामन्त्रीमा लडाउने तयारी भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्