दाङको तुलसीपुर स्थित सिरखोला नजिकै जिप दुर्घटना हुदा तिन जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

दाङको तुलसीपुर स्थित सिरखोला नजिकै जिप दुर्घटना हुदा तिन जनाको मृत्यु

    मा प्रकाशित

तुलसीपुर, २६ मंसिर /

दाङको तुलसीपुर स्थित सिरखोला नजिकै जिप दुर्घटना हुदा तिन जनाको मृत्यु भएको छ भने १९ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्वरको जिप तुलसीपुर ३ सिरखोला नजिक आज अपरान्ह चार बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट ३ बस्ने ४८ बर्षिय प्रेम प्रकास शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ति र लालमती खड्का रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १९ जना घाईते भएका छन् । घाईते मध्ये छ जनालाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको छ भने १३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४ धनबाङ बस्ने २२ वर्षीया लक्ष्मी बुढा,सोहि गाउँपालिका ३ बस्ने ४५ देवा चापागाई,२७ वर्षीय भुप बहादुर थापा,२२ धर्म थापा,उहाँको छोरा ५वर्षीया दिपेश थापा,सोहि गाउँपालिका ४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी,१८ वर्षीया अनिता पुन,सोहि गाउँपालिका १ बस्ने आरति पुन,सोहि गाउँपालिका १९ वर्षीया रमिता बस्नेत लगाएतका रहेका छन् । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्