सकियाे मतगणना , सभापतिका लागि पुन: मतदान हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

सकियाे मतगणना , सभापतिका लागि पुन: मतदान हुने

    मा प्रकाशित

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेस सभापति पदको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान सकिएको मतगणना अनुसार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत पाउन सकेनन् ।

अन्तिम मत परिणाम अनुसार, ४ हजार ६८१ मतगणना हुँदा शेरबहादुर देउवाले २ हजार २५८, डा. कोइरालाले १ हजार ७२९ मत पाएका छन् ।

त्यस्तै, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाएका छन् ।

कांग्रेस विधान अनुसार, ५० प्रतिशतभन्दा बढी मत कसैको पनि नआए बढी मत पाउने पाउने दुई उम्मेदवारबीच पुनः मतदान गर्नुपर्ने हुन्छ ।

यसको अर्थ शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच पुनः मतदान हुनेछ । यस सम्बन्धमा अहिले केहीबेरमा निर्वाचन समितिको बैठक बसेर निर्णय गर्ने जनाइएको छ ।

सम्भवतः आजै मतदान हुनेछ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्