संसद बैठक : एमालेकाे अवराेधका कारण स्थगित – Kanika Khabar
Thursday, December 8Nepali News Portal

संसद बैठक : एमालेकाे अवराेधका कारण स्थगित

    मा प्रकाशित

काठमाडौं, २८ मंसिर । संघीय संसदको आजदेखि सुरुभएको हिउँदेअधिवेश प्रभावित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अबरोधका कारण आजको संसद बैठक सुरुहुनासाथ स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षीको अबरोधकालागि प्रभावित अघिवेशन आगामी पुष ६ गते दिउँसो १ बजे बस्ने  संसद सचिवालयले जनाएको छ । बैठक सुरुहुनु लगत्तै प्रतिपक्षी दलका सांसदहरु उभिएर नारा लगाएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पटक—पटक आग्रह गरे पनि एमाले सांसदहरूले नाराबाजी कायम    राखे ।

एमाले अवरोधबाट पछि नहटेपछि अवरोधका बीच सभामुखले बैठकलाई अघि बढाएका  थिए । एमाले विरोधबीच पहिलो बैठकमा विभिन्न ६ अध्यादेश पेस भएका छन् ।

संसदमा पेस भएका अध्यादेशहरुमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)   (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस भए ।

त्यस्तै रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पनि बैठकमा पेस भए ।

प्रतिनिधिसभाको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्बन्धी प्रस्तावलाई पनि सभामुखले अघि बढाए । विभाजित भएर गएको दल एकीकृत समाजवादी अवैधानिक भएको र त्यसमा सभामुख सापकोटा सहयोगी बनेको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । एमाले विभाजन भए यता चलेको संसदका सबै बैठक अवरोध गरेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्