एक्लिएका काेइरालाले भने `विवेकको प्रयाेग गर्नुहाेस्´ – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

एक्लिएका काेइरालाले भने `विवेकको प्रयाेग गर्नुहाेस्´

    मा प्रकाशित

कनिका डेस्क
मंसिर २८, दाङ ।

नेपाली कांग्रेसकाे पहिलाे चरणकाे सभापतिकाे निर्वाचनकाे परिणामपश्चात् डा. शेखर काेइराला एक्लिएका छन् ।
पहिलाे चरणकाे सभापतिकाे निर्वाचनमा कसैकाे पनि बहुमत नआएपछि दाेस्राे चरणकाे निर्वाचन गर्नुपर्ने काङ्ग्रेसकाे विधानत: रहेकाे छ ।

दाेस्राे चरणकाे निर्वाचनमा प्रत्यासी सभापतिहरू प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरूङ शेरबहादुर देउवाकाे क्याम्पमा गएपछि अर्का उमेदवार कोइराला एक्लिएका छन् । उनले पार्टीलाई माथि उठाउन अब प्रतिनिधिहरुले विवेक पुर्‍याए नेतृत्व फेर्न पर्ने बताएका छन् ।

दोस्रो चरणको चुनावअघि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोइरालाले नैतिकता गुमाएपछि राजनीति सम्भव नहुने बताएका छन् । उनले भने,’तपाईंहरू स्वयंम नेता हो अन्तरआत्माले के भन्छ त्यो कुरा भोटमा प्रतिबिम्बित गर्नुस् । कांग्रेस सुधार गर्ने प्रयत्न गरिरहेको छु । त्यसलाई व्यवस्थित बनाउनेछु ।’

कांग्रेस सभापतिको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्दा शेरबहादुर देउवा अझ बलियो बनेका छन् ।

 

संस्थापन इतरको समूह डा.शेखर कोइराला दोस्रो धेरै मत ल्याएर देउवासँग भिड्ने तयारीमा लागेका बेला समीकरण बदलिएको छ । यसले कोइराला कमजोर देखिएका छन् ।

पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए । पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ ।

पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्