सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    मा प्रकाशित

दाङ, २८ मंसीर ।  सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान रा १ त १६९८ नंवरको ट्याक्टर सल्यान र रोल्पाको सिमाना रोल्पाको डल्सिङ्गेबाट रुकुम झुल्नेटा जाँदै गर्दा सल्यान बागचौर नगरपालिका – १२ धुराखर्कमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परी चालक  रोल्पा गंगादेव गाउँपालिका –४ गैरानेटाका अन्दाजी ४८ वर्षीय गंज बहादुर डाँगीको मृत्यु भएको छ । दुर्घटना घाइते भएका डाँगीको उपचारका लागि लिन क्रममा बाटोमै मृत्यु भएको थियो । ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्