एघार दिनसम्म सर्वसाधारणले हास्न पनि नपाउने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एघार दिनसम्म सर्वसाधारणले हास्न पनि नपाउने

    मा प्रकाशित

प्योङयाङ, २ पुस । उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाको सत्ता सम्हालेको १० वर्ष पुगेको छ । १० वर्ष अघि २७ वर्षीय किमले सत्ताको बागडोर सम्हाल्दा उनी विश्वभरिका पत्रपत्रिकामा मुख्य समाचार बनेका थिए । तिनै किमले सत्ता सम्हालेको १० वर्ष पुगेको अवसरमा उत्तर कोरियाले विभिन्न कार्यक्रम आयोजना गरेर मनाइरहेको छ ।

किम जोङ उनले सत्ता सम्हालेको १०औं वर्ष मनाइरहेका बेला उनका बाबुको १०औं वार्षिकीका अवसरमा सर्वसाधरणलाई विभिन्न प्रतिबन्ध लगाइएको छ । त्यसमा नागरिकलाई ११ दिनसम्म हाँस्न र पिउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले इलको मृत्युको वार्षिकी मनाइरहेका बेला सर्वसाधारणलाई कुनै खुसी व्यक्त नगर्न निर्देशन दिइएको सरकारी अधिकारीले जनाएका छन् ।

किम जोङ इलले सन् १९९४ देखि सन् २०११ सम्म (मृत्युपर्यन्त) शासन गरेका थिए । इलको मृत्युपछि उनकै कान्छा छोरा किम जोङ उन उत्तराधिकारी बनेका हुन् ।

‘शोकको समयमा हामीले मदिरा पिउन वा हाँस्न र अन्य रमाइला कार्यक्रममा रमाउन हुँदैन,’ उत्तरपूर्वी सहर सिनउजुका एक सर्वसाधारणले रेडियो फ्रि एसियालाई भने । इनको मृत्यु भएको दिन १७ डिसेम्बरमा उत्तर कोरियालीलाई किराना पसलमा जानसमेत रोक लगाइएको छ ।

यस अघि वार्षिकीमा मदिरा पिउने वा खुसी मनाउने कार्यक्रममा संलग्न व्यक्तिलाई सरकारले पक्राउ गरेको थियो । अहिले त्यस्तो नहोस् भनेर सरकारले प्रतिबन्ध लगाएको अधिकारीहरूले बताएका छन् ।

किम जोङ इलको सन् २०११ को १७ डिसेम्बरमा हृदयघातका कारण ६९ वर्षको उमेरमा निधन भएको थियो । इलले उत्तर कोरियामा १७ वर्षसम्म तानाशाही सत्ता चलाएका थिए । एजेन्सी

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्