माओवादीको राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधि छनोट तीव्र – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

माओवादीको राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधि छनोट तीव्र

    मा प्रकाशित

पुस ३, काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले आउँदो ११ गतेदेखि हुन लागेको राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधि छनोटलाई तिब्रता दिएको छ । आज प्रदेश २ मासम्मेलनको बन्द सत्र सुरु हुने माओवादीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बागमतीमा आज प्रदेश पदाधिकारीको लागि निर्वाचन हुँदैछ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार प्रदेश २ बाहेकका प्रदेशमा कमिटी गठन भइसकेको छ । हिजो बेलुकीमात्रै प्रवास सङ्गठनको सम्मेलन पनि उद्घाटन भएको छ । हिजो बेलुकी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रवास सम्मेलनको भर्चुअल उद्घाटन गर्नुभएको हो । विभिन्न देशका प्रतिनिधि रहने भएकाले सबैको समय मिलाएर गर्दा प्रवास सम्मेलन ढिला सुरु भएको हो । भर्चुअल रुपमै हुने बन्दसत्रले भोलिसम्ममा प्रतिनिधि चयन गर्ने पनि निर्वाचन आयोगका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यस्तै पार्टीले आन्तरिक रूपमा विभागीय प्रतिनिधि छनोटको कामलाई पनि तीव्रता दिएको छ । आज पनि विभिन्न विभागले प्रतिनिधि छनोटका लागि छलफल गर्न लागेका कार्यालय सचिव ढकालले जानकारी दिनुभयो । माओवादीको ३४ वटा विभाग छन् । ती विभागबाट कम्तिमा तीन जना प्रतिनिधि सम्मेलनको लागि छनोट हुने पनि उहाँले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्