देउवाले बोलाए सर्बदलीय बैठक – Kanika Khabar
Thursday, March 28Nepali News Portal

देउवाले बोलाए सर्बदलीय बैठक

    मा प्रकाशित

पुस ३, दाङ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा जारी अवरोध हटाउन तथा एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भोली ४ अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

बैठकमा एमसीसीलाई संसदमा लैजाने विषयमा छलफल हुने छ भने संसदको गतिरोध हटाउने बारेमा पनि छलफल गर्ने बताइएको छ । संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसदमा दर्ता भएर बसेको छ ।

सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन । सर्वदलीय बैठकमा संसदमा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको छ ।

हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाइ भेटेर संसदको गतिरोध खुलाउन पहल गर्न तथा एमसीसी बारेमा पनि एक मत बनाउने बारेमा पहल गर्न आग्रह गर्नुभएको थियो । आज प्रधानमन्त्री देउवाले सर्बदलीय बैठक आह्वान गर्नुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्