ओमिक्रोन भाइरसलाई हल्का नसोचौँ : बेलायती अन्वेषक – Kanika Khabar
Friday, April 19Nepali News Portal

ओमिक्रोन भाइरसलाई हल्का नसोचौँ : बेलायती अन्वेषक

    मा प्रकाशित

एजेन्सी ।
बेलायती अन्वेषकहरूले कोरोना भाइरसको नयाँ स्रुप ओमिक्रोनलाइ हल्का नसोच्न चेतावनी दिएका छन् । कतिपयले ओमिक्रोन भेरियन्ट कोरोना भाइरसको डेल्टा भेरियन्ट भन्दा कमजोर रहेको टिप्पणी गरिरहेका समयमा बेलायती अन्वेषकहरूले ओमिक्रोन डेल्टा भन्दा कमजोर भन्ने बारेमा यस्तो कुनै प्रमाण फेला नपारेको बताएका छन् ।

यसले स्वास्थ्य प्रणालीलाइ थप खतरामा पार्ने देखिएको भन्दै उनीहरूले यसबाट जोगिन सम्पूर्ण उपाय लगाउन अनुरोध गरेका छन् । ओमिक्रोनको जोखिम अरू भाइरसको तुलनामा पाँच गूणा सम्म बढि भएकाले यसलाइ सामान्य नसंझिन पनि उनीहरूले अनुरोध गरेका छन् ।

 

अन्वेषकहरूले नोभेम्बर २९ देखि डिसेम्बर ११ को बीचमा बेलायतमा गरिएको पिसिआर परिक्षण र यसबाट उत्पन्न नतिजाहरूको आधारमा अध्ययन गरेको बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्