ए डिभिजन लिगमा मनाङ रजावलाखेल युथ क्लबको जित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ए डिभिजन लिगमा मनाङ रजावलाखेल युथ क्लबको जित

    मा प्रकाशित

शहीद स्मारक ए डिभिजन अन्तर्गत आज भएको खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । आज पोखरामा भएको खेलमा नेपाल पुलिस क्लबललाई ३ – १ ले पराजित गर्दै मनाङ विजयी भएको हो । पोखरामा भएको खेलमा मनाङलाई जिताउन अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गर्नुभयो । पुलिसका लागि सुमन लामाले सान्त्वना गोल गर्नुभयो ।

 

यस जितसँगै मनाङले ५ खेलमा १३ अंक जोडेको छ । मनाङले शीर्ष स्थानमा २ अंकको अग्रता समेत बनाएको छ । जितसँगै मनाङले ५ खेलमा १३ अंक जोडेको छ । मनाङले शीर्ष स्थानमा २ अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको मछिन्द्रको ११ अंक रहेको छ । पुलिसले ५ खेलमा ५ अंक जोडेको छ । पुलिस आठौं स्थानमा रहेको छ ।

यस्तै,काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबविरुद्ध १–० गोलले पराजित गर्दै जावलाखेलले पाँचौं चरणमा पहिलो जित निकाल्न सफल भएको हो । च्यासलको ५ खेलबाट ४ अंक रहेको छ भने पहिलो जित निकालेको जावलाखेलको समेत ४ अंक पुगेको छ ।च्यासलसंगै समान ५ खेलमा ४ अंक रहेको जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्