आजदेखि लुम्बिनी प्रदेशका ९ जिल्लामा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरूद्धकाे खाेप – Kanika Khabar
Friday, April 19Nepali News Portal

आजदेखि लुम्बिनी प्रदेशका ९ जिल्लामा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरूद्धकाे खाेप

    मा प्रकाशित

दाङ, ५ पुस , लुम्बिनी प्रदेशका नौ जिल्लामा सोमबारदेखि १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाइँदैछ ।

सरकारले बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिम नवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, दाङ र बाँकेमा १२ वर्षमाथिका दीर्घरोगीका लागि फाइजर खोप सञ्चालन भएको र अहिले दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्