नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा दाङका भण्डारी बिजयी – Kanika Khabar
Saturday, December 10Nepali News Portal

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा दाङका भण्डारी बिजयी

    मा प्रकाशित

दाङ। नेपाल जेसीज वर्ष २०२२ को लागि राष्ट्रिय अध्यक्षमा दाङका लालमणि भण्डारी निर्बाचित भएका छन् । नेपाल जेसीजको पोखरामा भएको ४८ औ राष्ट्रिय महाधिबेशनबाट भण्डारी राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन ।

लुम्विनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएका भण्डारीले अत्यधिक मत ल्याएर सन २०२२ को राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन । उनले अध्यक्षमा विकास मानन्धर,श्यामसुन्दर पौडेल, गोकुल सापकोटा र शिवप्रसाद भुसाललाई पराजित गरेका हुन । गतबर्ष भएको निर्वाचनमा भण्डारी अध्यक्षमा पराजित भएका थिए ।

भण्डारी नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष २०२०, राष्ट्रिय उपाध्यक्ष २०१९ , त्रिभुवननगर जेसीजको अध्यक्ष १०१८ लगायतका विभिन्न पदमा बसेर काम गरिसकेका छन् । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा दाङकै नारायण भट्टराई निर्वाचित भएका छन् । भण्डारी निर्बाचित हुनु भएको हो । त्यस्तै रास्ट्रिय उपाध्यक्षमा दाङकै नारायण भट्टराई निर्बाचित हुनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्