राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    मा प्रकाशित

पुस ५, दाङ ।
राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज १ बजे बसेको राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले अवरोध गरेपछि अनिश्चितकालका लागि स्थगित भएको हो ।

सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालेसांसदहरूलाई राष्ट्रिय सभा सञ्चालन हुन दिएर सदनको मर्यादा कायम राख्नका लागि पटकपटक आग्रह गरे पनि सांसदहरुले अबरोध जारी राखेपछि पछि अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराउनुभयो ।

राष्ट्रिय सभामा एमालेका सांसद देवेन्द्र दाहालले प्रमुख प्रतिपक्षीले उठाएका प्रश्नको जवाफ आउनुपर्ने भन्दै आवाज उठाउनु भएको थियो । माधवकुमार नेपाललगायत एमालेले कारबाहीका लागि सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्तको सूचना जारी नगरेसम्म विरोध जारी रहनेउहाँले बताउनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्