मतदाता नामावली सङ्कलन कार्यमा कुनै कठिनाई हुन दिदैनौँ : निर्वाचन आयोग – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मतदाता नामावली सङ्कलन कार्यमा कुनै कठिनाई हुन दिदैनौँ : निर्वाचन आयोग

    मा प्रकाशित

पुस ५, दाङ ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्यमा नागरिकलाई कुनै कठिनाई हुन नदिने जनाएको छ । हाल देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । तर मतदाता नामावलीमा दर्ता हुन कठिन भएको, अव्यवस्थित भएको, समावेशीतालाई ध्यान नपु¥याएको जस्ता गूनासाहरू आएपछि आयोगले आज पे्रसविज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको बताएको छ ।

स्थानीय तहमा विशेष कार्यक्रम सञ्चालन गर्दा मतदाता नामावलीमा नाम छुट भएका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती एवम् सुत्केरी महिलाहरूलाई प्राथमिकता दिने, दर्तास्थलमा खानेपानी, शौचालय तथा सम्भव भएसम्म स्तनपानको कक्ष साथै दर्तास्थल लैङ्गिक तथा अपाङ्गगतामैत्री हुने व्यवस्था मिलाउने बताएको छ ।

यसैगरी गम्भीर प्रकृतिका अशक्त, दीर्घरोगी, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि विशेष व्यवस्था तथा मतदाता नामावली दर्ता स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने समेत व्यवस्था मिलाउन स्थानीय तहहरूलाई आयोगले अनुरोध पनि गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्