विद्युतीय कसुर तथा साइवर अपराध सम्बन्धी करिव ४ सय मुद्दा दर्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

विद्युतीय कसुर तथा साइवर अपराध सम्बन्धी करिव ४ सय मुद्दा दर्ता

    मा प्रकाशित

पुस ५, काठमाडौँ ।
गएको तीन आर्थिक वर्षमा विद्युतिय कसुर तथा साइवर अपराध सम्बन्धि करिव ४ सय मुद्दा दर्ता भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार तीन वर्षको अवधिमा ३ सय ८८ मुद्दा दर्ता भएका हुन् ।

सबैभन्दा बढी आर्थिक वर्ष २०७५/०७६ मा १ सय ६७ वटा मुद्दा दर्ता भएका थिए भने आर्थिक वर्ष २०७६/०७७ मा १ सय १७ र २०७७/०७८ मा १ सय ४ वटा मुद्दा दर्ता भएका छन् । ३ सय ७२ मुद्दा उपत्यका र केन्द्रीय अनुसन्धान ब्युरोमा १५ वटा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो ।

विशेषगरी सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धि मुद्दाको सङ्ख्या बढि रहेको कुँवरले बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै यसको दुरुपयोग गरी साइवर अपराधका घटना पनि बढिरहेकाले सावधानी अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्