१० वर्षको अवधिमा निस्सासिएर २२ जनाको मृत्यु – Kanika Khabar
Friday, March 29Nepali News Portal

१० वर्षको अवधिमा निस्सासिएर २२ जनाको मृत्यु

    मा प्रकाशित

पुस ५, काठमाडौँ ।
हिटर, कोइला सहित गिजरको प्रयोगबाट निस्सासिएर प्रत्यक वर्ष मानिसको मृत्यु हुने गरेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । १० वर्षको अवधिमा जाडो महिनामा बन्द कोठामा कोइला वा हिटर र बन्द बाथरुममा गिजरको प्रयोग गर्दा निस्सासीएर २२ जनाको मृत्यु भएको छ । प्रहरीलाई प्राप्त भएको जानकारी अनुसार २०६७ सालदेखि २०७७ सालको अवधिमा १० जनाकोे जिवितै उद्दार गरिएको छ ।

 

१५ जनाको कोठा भित्र हिटर र कोइला बालेका कारण निस्सासीएर मृत्यु भएको र ७ जनाको ग्यास गिजरको प्रयोगबाट मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले जानकारी दिनुभयो । चिकित्सकहरूका अनुसार बन्द कोठामा कोइला बाल्दा रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने लगाएतका समस्या देखिन्छ । लामो समय सम्म यस्तो ठाउँमा बसेमा निसास्सिने, बेहोस हुने र मृत्यु हुने डाक्टरहरूको भनाइ छ ।

 

हावाको ओहोरदोहोर राम्ररी हुने कोठामा मात्रै कोइला तथा हिटर बाल्नु पर्छ । बाथरुममा ग्यासगिजर प्रयोग गर्दा मेसिनलाई खुला ठाउँमा जडान गर्ने तथा पाइपको माध्यमले तातो पानी बाथरुममा सम्म ल्याउन सकिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्