चौथो अंगले आफ्नो दायित्व भुल्न हुदैन : महासचिव पोख्रेल – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

चौथो अंगले आफ्नो दायित्व भुल्न हुदैन : महासचिव पोख्रेल

    मा प्रकाशित

दाङ,५ पुस । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले जनतालाई सही र सत्य सूचना दिने आफ्नो दायित्व चौथो अंगले भुल्न नहुने बताएका छन् । प्रेस चौतारी नेपालको ९औँ जिल्ला अधिवेशनको सोमवार घोराहीमा उद्घाटन गर्दै महासचिव पोख्रेलले नागरिकलाई सही सूचना दिने र सरकारलाई खवरदारी गर्ने काम मिडियाहरुले निरन्तर रुपमा गरिरहनुपर्ने बताएका हुन ।

सत्य र गलतलाई छुट्याउने भन्दापनि केही मिडियाहरु एमालेको खेदो खेन्ने काममा लागेको भन्दै उनले सञ्चार माध्यमले आफ्नो दायित्व भुल्न नहुने बताएका हुन । ‘सत्यतथ्य सूचना जनतालाई दिने र गलत कार्यका विरुद्ध लेखेर खवरदारी गर्ने सञ्चार क्षेत्रको दायित्व हो । त्यसलाई निरन्तर रुपमा पच्छाउनुपर्छ’,महासचिव पोख्रेलले भने,‘तर केही मिडिया आफ्नो दायित्व भुलेर प्रस्तुत हुने गरेका छन् । यस्तो कार्य राम्रो होइन ।’ उनले सामाजिक अराजकतामार्फत समाजलाई ठुलो भ्रमित पार्ने काम भैरहेको भन्दै त्यस्तो कार्यलाई रोक्नुपर्ने बताए । सामाजिक अराजकतालाई हटाउँदै सवै राष्ट्रलाई समृद्ध बनाउन जुट्नुपर्ने समेत बताए ।

‘राजनीतिक पार्टी, संचारमाध्यम, नागरिक समाजबाट कति भएको छ ? तर जे भएको छ, त्यसले समाजलाई अगाडी बढ्नका लागि बाधा पु¥याउने प्रवृतिको जन्म गरेको छ’,उनले भने,‘त्यो भनेको सामाजिक अराजकता हो । सामाजिक अराजकताले समाजको विकास र प्रगतीमा बाधा पु¥याउनेछ ।’ अनुशासित र सभ्य समाज निर्माणका लागि सामाजिक अराजकताको अन्त्य गर्न आवश्यक भएको बताए ।

उनले राष्ट्रलाई समृद्ध बनाउने भन्दापनि एमालेलाई घेराबन्दी गर्नका लागि बर्तमान गठबन्धन बनेको आरोप लगाए । देशको विकासभन्दा पनि एमाले विरुद्ध बनेको गठबन्धन सरकारले देशको हित गर्नै नसक्ने बताए । ‘यो सरकार र यो गठबन्धनको उदेश्य नै छैन ? लक्ष्य छैन ? एउटै उदेश्य र लक्ष्य छ, केपी वली र नेकपा एमालेलाई रोक्ने’,उनले भने,‘ यस्तो उदेश्यले देश अगाडी बढ्न सक्दैन र राष्ट्रको समृद्धि हुँदैन ।’

त्यसैगरी उनले एमसीसी बारे सरकारसँग स्पष्ट धारणा नभएको बताएका हुन । आफैसँग स्पष्ट धारणा नहुँदा सरकार अलमलिएको समेत बताए । ‘एमसीसी पास गर्ने हो, होइन त्यस बारे पहिले सरकारको स्पष्ट धारणा हुनुपर्छ’,महासचिव पोख्रेलले भने,‘तर सरकारसँग एमसीसी बारेमा स्पष्ट धारणा छैन । जसले गर्दा विपक्षीसँग सोध्ने गरेको छ ।’ प्रेस चौतारी अधिवेशन आयोजक कमिटीका संयोजक इन्द्र डिसीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पत्रकारहरुलाई सम्मान एव पुरस्कृत गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्