विश्व कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ७ लाख ३३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

विश्व कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ७ लाख ३३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि

    मा प्रकाशित

पुस ७, दाङ ।
विश्वभर थप ७ लाख ३३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७९ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९२० संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो एक दिनमा अमेरिकामा मात्रै एक लाख ७३ हजार ४८२ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसैगरी बेलायतमा ९० हजार ६२९, फ्रान्समा ७२ हजार ८३२, स्पेनमा ४९ हजार ८२३, जर्मनीमा ३५ हजार ४९, रुसमा २५ हजार ९०७ र टर्कीमा १९ हजार ८५९ जना थपिएका छन् ।

निको हुनेमा जर्मनीमा ६५ हजार ५००, अमेरिकामा ६३ हजार ४३२, फ्रान्समा ४९ हजार ३८६, बेलायतमा ४६ हजार ५५७, रुसमा ४० हजार २१९ र टर्कीमा २५ हजार ५३२ जना छन् ।

हालसम्म विश्वभर कुल संक्रमितको संख्या २७ करोड ६५ लाख ५३ हजार २७० पुगेको छ । तीमध्ये २४ करोड ७९ लाख ९८ हजार ३७ जना निको भइसकेका छन् भने ५३ लाख ८४ हजार ४१४ जना संक्रमितको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्