माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनः लोगो सार्वजनिक, १५ सयभन्दा बढी प्रतिनिधि सहभागि हुने – Kanika Khabar
Friday, April 19Nepali News Portal

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनः लोगो सार्वजनिक, १५ सयभन्दा बढी प्रतिनिधि सहभागि हुने

    मा प्रकाशित

नेकपा माओवादी केन्द्रले पुस ११ गतेबाट गर्न लागेको राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ । पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको लोगो आज सार्वजनिक गरिएको हो। सम्मेलनमा वैचारिक र राजनीतिक बहस हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताउनुभयो । अध्यक्ष प्रचण्ड सम्मेलनको दस्ता लेखनमा व्यस्त रहेको र त्यसमा छलफल हुने महराले बताउनुभयो ।

 

यस्तै उहाँले सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने पनि जानकारी दिनुभयो । उहाँका अनुसार आयोजक समितिका १ सय ७९, सल्लाहकार १ सय ४९, ज्येष्ठ कम्युनिस्ट १ सय २५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १ सय २ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै प्रदेशहरूबाट छनोट भएर आएका ८ सय ३ जना र ७३ जना मनोनीत हुनेछन् ।

 

प्रदेश प्रतिनिधिहरू प्रदेश १ बाट ९६, प्रदेश २ बाट १ सय ६, बागमतीबाट १ सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट १ सय ५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरूबाट ४३ जना छनोट हुनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्