आज बस्ने भनिएको न्याय परिषदको बैठक स्थगित – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज बस्ने भनिएको न्याय परिषदको बैठक स्थगित

    मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बोलाउनुभएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले आज विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको जानकारी गराउनुभयो ।

 

न्याय सेवाका राजपत्राङ्कित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै प्रधानन्यायाधीश जबराले आज दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको थियो ।प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्