विश्वका १ सय ६ मुलुकमा फैलियो कोरोनाको ओमिक्रोन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विश्वका १ सय ६ मुलुकमा फैलियो कोरोनाको ओमिक्रोन

    मा प्रकाशित

दक्षिण अफ्रिकामा पहिलोपटक पुष्टि भएको कोरोनाको ओमिक्रोन विश्वका १ सय ६ मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य सङ्गठनले आफ्नो नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा हालसम्म विश्वका १ सय ६ मुलुकमा कोरोनाको ओमिक्रोन पुष्टि भइसकेको बताएको हो । हालसम्मको अवस्थामा कोरोनाको डेल्टा भेरिएन्ट सङ्क्रमणदर बढाउनेमा प्रमुख कारण रहेकोमा ओमिक्रोनले जोखिम बढ्ने सङ्गठनले जनाएको छ ।

विशेषगरी ओमिक्रोनका कारण बेलायतमा सङ्क्रमणदर समुदाय स्तरमा फैलिसकेको छ भने अन्य मुलुकमा पनि सङ्क्रमणदर बढ्दै गएकाले सङ्गठनले आवश्यक प्रतिबन्ध लगाउन आग्रह गरेको छ । सङ्गठनले कोरोना सङ्क्रमण पछि निको भइसकेका र कोरोनाविरुद्धको खोप लगाइसकेकामा पनि ओमिक्रोनले सङ्क्रमित गराउने भएकाले विश्वका विभिन्न मुलुकलाई सतर्क रहन आग्रह गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्