नेपाली काँग्रेस प्रदेश नम्बर २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपाली काँग्रेस प्रदेश नम्बर २ को सभापतिमा कृष्णप्रसाद यादव विजयी

    मा प्रकाशित

पुस ९, दाङ ।
नेपाली काँग्रेस प्रदेश नम्बर २ को सभापतिमा देउवा समूहका कृष्णप्रसाद यादव विजयी हुनुभएको छ । केहिबेर अघि सकिएको मतगणनामा सभापति पदका अर्का प्रतिस्पर्धी रामसरोज यादवलाई १ सय ४१ मत अन्तरले पराजित गर्दै यादव सभापतिमा विजयी हुनुभएको हो ।

 

विजयी यादवले ९ सय ९६ र रामसरोज यादवले ८ सय ५५ मत प्राप्त गर्नुभयो । १ हजार ९ सय ३८ मतदातामध्ये हिजो भएको मतदानमा १ हजार ८ सय ८१ मत खसेको थियो । ३० मत भने बदर भएको छ । प्रदेशको ७२ पदका लागि १ सय ८० जनाले उम्मेद्वारी दिएकामा ५ सदस्य निर्विरोध चयन भइसकेका छन् । केही समयपछि प्रदेश उपसभापति पदको मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्