चेतना विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गौतम – Kanika Khabar
Friday, April 19Nepali News Portal

चेतना विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गौतम

    मा प्रकाशित

दाङ,१० पुस । चेतना अनौपचारिक प्रौढ विद्यालय रझेना दाङको व्यवस्थापन समिती गठन भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीको अध्यक्षतामा शुक्रवार भएको भेलाले सुलोचना गौतमको अध्यक्षतामा नया विद्यालय ब्यबस्थापन समिति गठन गरेको हो ।

भेलाले समितिको सचिबमा सुमित्रा सुवेदी पन्थी, कोषाध्यक्षमा सुमित्रा गौतम, शिक्षाप्रेमी तथा बुद्दिजिबी प्रतिनिधि सदस्यमा लक्ष्मी आचार्य, अभिभावक प्रतिनिधि सदस्यमा भीमलाल श्रेष्ठ , शिक्षक प्रतिनिधि सदस्यमा सुधा गौतम, सस्थापक प्रतिनिधि सदस्यमा उषा न्यौपाने र महिला प्रतिनिधि सदस्यमा बसुन्धरा गौतमलाई चयन गरेको छ ।

भेलाले हिमालय केसीको संयोजकत्वमा ४ सदस्य सल्लाहाकार समिति चयन गरेको छ । सल्लाहाकार समितिको सदस्यमा होमा सुवेदी, गोमा महरा र दधिराम खनाल चयन भएका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्