ओमिक्रोन स्वरुप तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्रमा आज रातिदेखि नयाँ प्रतिबन्ध लागू – Kanika Khabar
Saturday, December 10Nepali News Portal

ओमिक्रोन स्वरुप तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्रमा आज रातिदेखि नयाँ प्रतिबन्ध लागू

    मा प्रकाशित

भारतको महाराष्ट्रमा आज रातिदेखि नयाँ प्रतिबन्ध लागू हुँदैछ । कोरोना भाइरसको ओमिक्रोन स्वरुप तीव्र गतिमा फैलिन थालेपछि महाराष्ट्रमा आजराति १२ बजेदेखि नयाँ प्रतिबन्ध लागू हुने बताइएको छ ।

क्रिसमस र नयाँ वर्षको लागि मानिसहरू भेला हुने क्रम बढ्दा कोरोनाको जोखिम बढ्ने भएकाले महाराष्ट्र सरकारले नयाँ नियमहरू लागू गरेको छ । नयाँ नियम अनुसार अब मानिसहरू सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने, विवाह समारोहमा सय जना मात्रै सहभागि हुन पाउने भएका छन् ।

भारतको विभिन्न राज्यमा कोरोनाको ओमिक्रोन सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि भारत सरकारले विभिन्न राज्यलाई आवश्यक तयारी गर्न र कडाई गर्न आग्रह गरिसकेको छ । हालसम्म कोरोनाको ओमिक्रोन भेरिएन्ट भारतको २० राज्यमा फैलिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्