सुडानको राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सुडानको राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द

    मा प्रकाशित

सुडानको राजधानी खार्तुममा इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिक शासन बहाल गर्न माग गर्दै सर्वसाधारणले प्रदर्शनको तयारी गरेपछि सरकारले राजधानीमा इन्टरनेट सेवा बन्द गर्ने निर्णय गरेको हो ।

 

ठूलो विरोध प्रदर्शनको तयारीको क्रममा मानिसहरूलाई भेला पार्न वेबसाइट र ऐपहरूको प्रयोग बढेको हुँदा सरकारले त्यसलाई रोक्ने उद्देश्यले इन्टरनेटमा रोक लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

 

सर्वसाधारणहरू आन्दोलनका लागि आवतजावत गर्ने भएकाले सरकारले अधिकांश पुलहरू पनि बन्द गरेको छ । यसअघि विरोध प्रदर्शन गर्नेहरूले २५ अक्टुबरमा भएको सत्ता कब्जाको दुई महिना अर्थात् २५ डिसेम्बरपछि अभियानलाई तीव्र बनाउने घोषणा गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्