राप्ती साहित्य परिषद्को ४५ वर्षे निरन्तर यात्रा – Kanika Khabar
Friday, March 29Nepali News Portal

राप्ती साहित्य परिषद्को ४५ वर्षे निरन्तर यात्रा

    मा प्रकाशित

कमलमणि देवकोटा

आजभन्दा साढे चार दशकअघि अर्थात् २०३४ सालमा स्थापित र हालसम्म निरन्तररूपमा क्रियाशील आञ्चलिक साहित्यिक संस्थाको नाम हो राप्ती साहित्य परिषद् । यो परिषद् यस क्षेत्रकै सुपरिचित संस्था बन्न पुगेको छ । यस संस्थाले स्थापना कालदेखि नै साहित्यिक क्षेत्रको उन्नयनका निम्ति विविध किसिमका रचनात्मक गतिविधिहरू अगाडि बढाउँदै आएको कुरा सर्वविदितै छ । यसरी साढे चार दसकको अविराम यात्रामा अनगिन्ती साहित्यसर्जकहरूसँग समन्वय गर्दै र रचनानात्मक क्रियाकलापहरूलाई निरन्तर रूपमा अगाडि बढाउँदै जानुको श्रेय सर्वप्रथम त यसका संस्थापक एवं संरक्षकज्यूहरूमा जान्छ । जसको महान सोच बिचारको प्रतिरूप नै आजको यो अवस्था हो । साथै यसको निरन्तरताको अर्काे श्रेय निकै कठिन परिस्थितिमा पनि आँटिला, निडर एवं नेतृत्वधारी कर्मठ व्यक्तित्वहरूको साहसिलो कदम नै हो । अझ यसको गरिमा बढाउने र ऊर्जा थप्ने कामको श्रेय बिभिन्न पुरस्कारका अक्षयकोष संस्थापक, आर्थिक, भौतिक एवं नैतिक रूपमा समर्पित व्यक्तित्वहरूलाई जान्छ । यसका साथै यसमा ऊर्जा थप्ने काम सम्मानित व्यक्तित्वहरू, पुरस्कृत प्रतिभावान स्रष्टाहरू एवं संलग्न साहित्यसर्जकहरूबाट नै भएको छ भने यसको सर्वत्र चिनारी गराउने काम यसका शुभचिन्तक एवं सञ्चार क्षेत्रहरूबाट भएको छ । त्यसैले पनि हामी सदैव यसका संस्थापकज्यूहरू, संरक्षकज्यूहरू एवं शुभचिन्तक सबैमा हार्दिकताका साथ सम्मान व्यक्त गर्दछौं ।

विशेषगरी भन्ने हो भने यसको संरक्षण श्रद्धेय नारायण गुरु एवं अन्य केही अग्रज साहित्यसर्जहरूबाट भएको छ । त्यसपछि यसको निरन्तरता एवं क्रियाशीलताको श्रेय परिषद्का वर्तमान अध्यक्ष पुरुषोत्तम खनाललाई नै जान्छ । किनकि उहाँबाट परिषद्लाई प्राप्त नि:शुल्क जग्गा दानले गर्दा आज हामी यो साझा साहित्यक थलोमा रम्न पाएका छौं अर्थात विविध साहित्यिक गतिविधिहरूमा एकैसाथ सगौरव जम्न पाएका छौं । संस्थागत विकासको सन्दर्भमा भन्नुपर्दा परिषद्को यो भौतिक रूप देख्न पाउनु पनि हामी सबै साहित्यप्रेमीहरूका लागि निकै नै खुशीको कुरा हो । जसका लागि विभिन्न व्यक्तित्वको तन, मन, धन र बचनको निस्वार्थ प्रतिफल नै हो । जसको आवश्यकता यस परिषद्लाई सधैँ परिरहन्छ । यसैको नै प्रतिरूप हो आज यो राप्तीको एकमात्र चिनारी सिंगो राप्ती साहित्य परिषद् । जुन आज आफ्नै नीजि भवनमा बिभिन्न गतिविधिहरू सुसंचालन गर्न पाएका छौं । अतः यस संस्थाको हक, हित एवं उन्नतिका लागि सदैव चिन्तनशील एवं क्रियाशील व्यक्तित्वको खाँचो परि नै रहन्छ । अहिलेसम्म दुइतलाको भवन दाङ घोराहीमा खडा भैसककेको र यसको आन्तरिक व्यवस्थापनको चाँजो पाँजो भइरहेको अवस्था छ । त्यसैले यस संस्थाको साहित्यिक उन्नयन एवं भौतिक व्यवस्थापनका लागि सहयोगी मन एवं दानी हातहरू अगाडि बढिरहेका छन् भने अझैँ पनि यस्ता सहयोगी हाअहरूको यहाँ निकै खाँचो छ । किनकि यसको भौतिक प्रगति, व्यवस्थापकीय उन्नति र रचनात्मक गतिविधिको निम्ति दीर्घकालीन दुरदृष्टि पु¥याउन नितान्त जरुरी देखिन्छ ।

परिषद्ले हरेक वर्ष आफ्नो स्थापना दिवस भव्य तवरले मनाउँदै आएको छ । गतवर्ष मात्रै विश्वव्यापि रूपमा फैलिएको कोरोना कहरका कारण स्थगित गरियो भने यस वर्ष अर्थात २०७८ पुस १६ र १७ गते भव्यता साथ सम्न्न भएकाे छ । यस अघि यस अन्तर्गत रहेका निकै नै क्रियाशील ६ वटा जिल्ला शाखाहरूले आ–आफ्ना जिल्ला अधिवेशन र नयाँ कार्यसमितिहरू गठन गरि सकेका छन् । यसै ४५ स्थापना दिवसको अवसरमा परिषद्ले १४ औं अधिवेशन तथा २२ औं साधारण सभा गरेकाे छ । जसले परिषद्लाई अझ उच्चकोटीमा पु¥याउने नयाँ कार्यसमितिको चयन गर्ने नै छ । यो सम्पूर्ण जिम्मेवारी एवं दायित्व सबै आजीवन सदस्यज्यूहरू एवं शुभचिन्तकहरूमा नै निहित हुनेछ ।

राप्ती साहित्य परिषद्मा हालसम्म स्थापित बिभिन्न पुरस्कार अक्षयकोष, संस्थापक एवं २०७६ र २०७७ का लागि पुरस्कृत र सम्मानित स्रष्टाहरूको विवरण यस प्रकार छ ।
५ जना संस्थापकहरू गिरिराज पन्त, नारायणप्रसाद शर्मा, ऋषिराज जंगली, पुरुषोत्तम खनाल र नरेशजंग राणाद्वारा स्थापित राप्ती साहित्य पुरस्कार २०७६ का लागि २०७६ मनोहर लामिछाने (सल्यान) र २०७७ डा.बिन्दु शर्मा (दाङ) लाई, महेश गौतमद्वारा स्थापित विष्णुनुमा पुरस्कार २०७६ सरिता देवकोटा (दाङ) र २०७७ सङ्गीता उपाध्याय (दाङ) लाई, नवीन विभासद्वारा स्थापित दीलसरीदल अतिरिक्त पुरस्कार २०७७ जीवन प्रवेश रोका मगर (रोल्पा) लाई, सन्तोष रेग्मीद्वारा स्थापित नन्दहरि पुरस्कार २०७६ सहजराम यादव (दाङ देउखुरी) र २०७७ बलबहादुर घर्ती (दाङ देउखुरी) लाई, डिल्लीराज आचार्यद्वारा स्थापित डोमादेवी साहित्य पुरस्कार २०७६ शरद अधिकारी (दाङ) र २०७७ पुष्कर रिजाल ‘पुष्प’ (प्यूठान) लाई,
सुशील गौतमद्वारा स्थापित ऋषिलक्ष्मी साहित्य पुरस्कार २०७७ किरण आचार्य (बाँके) लाई, सूर्यनाथ सापकोटा/सीता सापकोटाद्वारा स्थापित देवीचन्द्र साहित्य पुरस्कार २०७६ प्रा.डा.सुदन पौडेल (दाङ) र २०७७ पूर्ण ओली (रुकुम पश्चिम) लाई प्रदान गरिँदै छ ।

यसैगरी डा.लेखनाथ सुवेदीद्वारा स्थापित अपामुकुन्द प्रज्ञा पुरस्कार २०७६ वाइ वी जिए ‘वियोगी’ (सल्यान) र २०७७ प्रमोदकुमार शर्मा (रुकुम पश्चिम) लाई,
गोपालचन्द्र पोख्रेलद्वारा स्थापित गोपालचन्द प्रज्ञा पुरस्कार २०७६ गणेश सुवेदी (रोल्पा) र २०७७ भेषराज रिजाल (नवलपरासी) लाई, भूपेन्द्र सुवेदीद्वारा स्थापित पद्माकूल हाँस्यव्यङ्ग्य पुरस्कार २०७६ लोकराज पराजुली (दाङ) लाई, नेत्र एटम/बिन्दु शर्माद्वारा स्थापित राप्ती सिर्जना पुरस्कार २०७६ ‘सोरठी भैलो गीत एक परिचय’ नामक कृतिका लागि लेखक लिला पुन (प्यूठान) र २०७७ ‘रापतीका साहित्यिक पुरस्कारहरू’ नामक कृतिका लागि लेखक रमेश सुवेदी (रोल्पा) लाई प्रदान गरिँदै छ ।

यसैगरी दामु मर्सिफुल/कविता उपाध्यायद्वारा स्थापित खोविलाल हुकुमादेवी छन्द साहित्य पुरस्कार २०७६ र डा.हिमलाल पन्थी (दाङ), २०७७ शुष्मा शर्मा दाङलाई, चन्द्रप्रकाश देवकोटाद्वारा स्थापित गोमा देवकोटा स्मृति कला पुरस्कार २०७६ मंगला श्रेष्ठ (दाङ) र २०७७ सुशीला थापा (दाङ) लाई, हरिप्रसाद पाण्डेयद्वारा स्थापित हरिप्रसाद/मीना पाण्डेय साहित्य तथा कला पुरस्कार २०७६ यागेश्वर बस्नेत (दाङ), २०७७ आदिम के.सी.(दाङ) लाई, समीर आचार्यद्वारा स्थापित पद्मप्रसाद रुपसा स्मृति प्रतिभा पुरस्कार २०७६ वसन्त राठौर (दाङ) र २०७७ राजेश क्षेत्री (दाङ) लाई, शेषराज सिवाकोटीद्वारा स्थापित पण्डित कपिलमुनि भक्तकुमारी सिवाकोटी स्मृति स्रष्टा सम्मान पुरस्कार २०७६ अर्चित बाबु ‘मर्सिफुल’ (रोल्पा) र २०७७ प्रतीक सङ्ग्रामी (दाङ) लाई, पद्मराज पण्डितद्वारा स्थापित चक्रपाणि लक्ष्मी लोकेश्वरी स्मृति छन्द पुरस्कार २०७६ हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ (दाङ) र २०७७ गंगानाथ कोइराला (दाङ) लाई प्रदान गरिँदै छ ।

यसैगरी नन्दलाल गौतम, देवमणि गौतम, विकास गौतम, विवेक गौतम, विकिरण गौतम ५ जनाद्वारा स्थापित तिलका तुल्सीराम आचार्य स्मृति प्रज्ञा पुरस्कार २०७६ प्रा.डा.गितु गिरी (प्यूठान) र २०७७ प्रा. खोपीराम लम्साल (दाङ) लाई, कालिका शर्मा खनालद्वारा स्थापित नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार २०७६ शशि शर्मा मजगैयाँ (दाङ) र २०७७ ओम पंछी (रोल्पा) लाई, चन्द्रकला शाहद्वारा स्थापित चन्द्र–मधुु गीतसङ्गीत पुरस्कार २०७७ खर्कबहादुर बुढा (सल्यान) लाई, शारदा शर्माद्वारा स्थापित ओपेन्द्र रत्नशोभा साहित्य पुरस्कार २०७७ सुन्दर गौतम (दाङ) लाई, बाबुराम अधिकारी, रमेशकुमार अधिकारी, कृष्णकमल अधिकारी, कमल अधिकारी, लक्ष्मी देवकोटा, शान्ता अर्याल, सुभद्रा, सुशीला, लक्ष्मी, मञ्जु अधिकारी लगायत २१ ज्नाद्वारा स्थापित प्रेमनारायण सावित्रा हेमकुमारी प्रज्ञा पुरस्कार २०७७ नीलमकुमार न्यौपाने (भक्तपुर) लाई, तिलकप्रसाद पुन/हेमलता पुन लगायत ९ जनाद्वारा स्थापित श्रीबहादुर दिलमाया साहित्य पुरस्कार २०७७ तेजेन्द्र खाममगर (पूर्व रुकुम) लाई, कुलराज राभण्डारीद्वारा स्थापित टेकबहादुर सुवर्ण राजभण्डारी साहित्य पुरस्कार २०७७ सन्तोष श्रेष्ठ (दाङ) लाई प्रदान गरियाे ।

यसैगरी सम्मानित व्यक्तित्व एवं संस्थाहरू पुरस्कार अक्षयकोष संस्थापकहरू डा.नेत्र एटम, देवमणि गौतम, विकास गौतम, विकिरण गौतम र विवेक गौतम र अग्रजस्रष्टा प्रा.श्रीधर मजगैयाँलाई र सहयोगी संस्थाहरू दीपशिखा आवासीय माध्यमिक विद्यालय दाङ घोराही, नेपाल पत्रकार महासङ्घ दाङ शाखालाई पनि सम्मान गरियाे ।

साथै राप्ती साहित्य परिषद्को भवन निर्माण रु २५ हजारभन्दा माथि आर्थिक रुपमा महत्वपूर्ण योगदान पु¥याएकोमा परिषद्ले केही महानुभाव एवं संस्थाहरुलाई समेत सम्मान गरेको छ । जसमा श्री नारायणप्रसाद शर्मा, श्री बलदेव मजगैयाँ, श्री महेश चौधरी, श्री रश्मीराज नेपाली, श्री रेखा शर्मा, श्री शङ्कर पोख्रेल, श्री कुबेर ओली, श्री नागरिक समाज दाङ, श्री दीपशिखा आवासीय माध्यमिक विद्यालय घोराही दाङ र श्री नेपाल पत्रकार महासंघ दाङलाई पनि सम्मान गरियाे ।

यसरी नै यो परिषद् आज साहित्य, संगीत, कला, संस्कृति आदि क्षेत्रको उत्थानका निम्ति प्रयत्नरत छ र त सबैको मन अट्नसक्ने एउटा विशाल साझा चौतारी बन्न पुगेको छ । अर्थात बिविध सिर्जनाहरूको भावना विसाउने थलो बनेको छ । त्यसैको उदाहरण हो यो आञ्चलिकरूपमा क्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा सुपरिचित हुनु । सिर्जनशीलताको उर्वरभूमि अर्थात साहित्यसर्जकहरूको कर्मभूमि यस क्षेत्र आज विविध सिर्जनाहरूको चिनारी बन्न पुगेको छ । वास्तवमा ‘एक्लैले मात्रै केही गर्न सकिदैन र सबै मिले के गर्न सकिदैन ?’ भन्ने कुरा हामी सबैको बुझाईमा छ र त हामी सबैमा एैकेबद्घताको खाँचो छ । त्यसैले आज यसकोे चौतर्फी विकासका लागि सबैको सहयोग अपरिहार्य भएको छ । हुनत साहित्यिक साझा चौतारीको रूपमा स्थापित यस्ता संस्थाको समग्र विकासका लागि राज्यको तर्फबाट अर्थात सरकारी तवरबाट समेत जुन सहयोग हुनुपर्दथ्यो त्यो अहिलेसम्म हुन सकेको छैन । आशा गरौं कुनै न कुनै दिन अवश्य पनि यसमा दूरदृष्टि पर्ने छ । किनकि यो कुनै पनि व्यक्ति, वर्ग वा पक्षको मात्र सम्पत्ति होइन, साष्ट्रोत्थानको निम्ती टेवा मिल्ने एवं सामाजिक चेतना जगाउने एक विशुद्घ सामाजिक संस्था हो ।
यस अघिका १२ औं अंकसम्मका मुखपत्र राप्तीदूतमा प्रकाशित सचिवका प्रतिवेदनहरूमा हामीले एक÷एक वर्षको विविध गतिविधिहरूलाई मात्रै समेट्दै आएका थियौं । तर यतिवेला भने हामीले उक्त मुखपत्रलाई १३ औं विशेषाङ्कको रूपमा परिषद्का हालसम्मका सबै गतिविधिहरू समेटिएको मुखपत्र राप्तीदूत समेत प्रकाशन गर्न सफल भएका छौं ।

अन्त्यमा राप्ती साहित्य परिषद्काे याे ४५ वर्षे यात्रामा पुरस्कृत एवं सम्मानित स्रष्टा तथा संस्था सबैलाई हार्दिक बधाई तथा शुभकामनाका साथै याे अवस्थासम्म ल्याइ पुर्याउनु हुने सबैलाई हार्दिक धन्यवाद !
[email protected]

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्