एमाले दाङले छान्यो अधिवेशन प्रतिनिधि – Kanika Khabar
Friday, March 29Nepali News Portal

एमाले दाङले छान्यो अधिवेशन प्रतिनिधि

    मा प्रकाशित

दाङ, पुस १७।

नेकपा एमाले दाङको पुस २३ गते हुन लागेको जिल्ला अधिवेशनको लागि शनिवार प्रतिनिधि छनौट गरेको छ । एमाले दाङका अनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम भएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका ८ वटा वडा बाहेक अन्य ठाउँमा अधिवेशन प्रतिनिधि छनौटको काम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा शनिवार खानेपानी उपभोक्ता समितिको चुनाव भएकोले ति क्षेत्रमा आइतवार अधिवेशन प्रतिनिधि छनौट गर्ने पार्टीले जनाएको छ ।

दुई उपमहानगरपालिकामा प्रत्येक वडामा मतदान केन्द्र र अन्य पालिकाका हकमा पालिका बराबर एक मतदान केन्द्रको व्यवस्था गरेको छ । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकामा छन् ।

एमालेले अधिवेशन प्रतिनिधि छनौट गर्न सर्कुलर र सवै मतदान केन्द्रमा निर्वाचन अधिकृत खटाएको थियो । ‘प्रतिनिधी छनौट कार्य सम्पन्न गर्नको लागि सवै मतदान केन्द्रमा मतदान अधिकृतहरु पठाएर छनौटको काम भएको छ ’ एमाले दाङका सचिव मनोहर बुढाथोकीले भन्नुभयो । अधिवेशनको लागि जिल्लाभरबाट १ हजार ४ सय ३७ प्रतिनिधि सहभागि हुने छन् ।

एमाले दाङले व्यवस्था गरेको प्रतिनिधि छनौटको मापदण्डमा महिलाको हकमा १२ वरावर १ जना, दलितको हकमा १० वरावर १ को व्यवस्था गरेको थियो । त्यसैगरेर अन्यको हकमा २० वरावर १ जना, पेशागत महासंघ नेपालबाट १० जना, नेपाल ट्रेड पूनियन महासंघबाट ३, अनेरास्ववियूबाट ३ जना राष्ट्रीय युवा संघबाट ३ , अनेमसंघबाट ३ जना , अखिल नेपाल किसान महासंघबाट ३ आदिवासी जनजाती महसंघ नेपालबाट ३ , नेपाल भूमीहिन सुकुम्वासी संगठनबाट ३ जनाको व्यवस्था गरेको थियो ।

त्यसैगरेर नेपाल उत्पीडित जातीय मुक्ति समाजबाट ३ जना, प्रेस चौतारी नेपालबाट ३, लोकतान्त्रिक थारु संघबाट ३ जना, नेपाल राष्ट्रीय उद्योग व्यवसाय महासंघबाट ३ जना, नेपाल राष्ट्रीय भुतपूर्व सैनिक तथा प्रहरी संगठनबाट ३ जना, राष्ट्रीय जनसाँस्कृतिक महासंघबाट ३ जना, नेपाल खेलकुद महासंघबाट ३ जना, नेपाल वुद्धिजिवी परिषदबाट ३ जना, लोकतान्त्रिक अपाङ्घ संगठनबाट ३ जना, प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठनबाट ३ जना, मानव अधिकार एलाईन्सबाट ३ जना, राष्ट्रीय स्वास्थ्यकर्मी संघबाट ३ जना र मधेसी, मुस्लिम संगठित सदश्यबाट सवै प्रतिनिधीको व्यवस्था गरेको थियो ।

एमाले दाङको १३ औं अधिवेशन पुस २३ गते घोराहीमा तय भएको छ । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्ने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्