उच्चस्तरीय संयन्त्रको बैठक जारी – Kanika Khabar
Friday, March 29Nepali News Portal

उच्चस्तरीय संयन्त्रको बैठक जारी

    मा प्रकाशित

काठमाडौं २२ पुस ।

प्रधानमन्त्रीको भारत भ्रमण र आसन्न राष्ट्रिय सभाको निर्वाचनका बारेमा छलफल गर्न सरकार संचालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक बसिरहेको छ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बालुवाटार स्रोतका अनुसार बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ।

त्यसै सन्दर्भमा पौडेलले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्