‘निजी विद्यालय सुदृढीकरणका लागि नयाँ भिजन आवश्यक’ – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

‘निजी विद्यालय सुदृढीकरणका लागि नयाँ भिजन आवश्यक’

    मा प्रकाशित

No description available.

कनिका डेस्क
पुस २३, दाङ ।
निजी विद्यालयलाई सुदृढीकरण गर्न विद्यालयहरुले नयाँ भिजन तयार पार्नुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को ३१ औँ स्थापना दिवसको अवसरमा आयोजित अन्तक्रिया कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय प्याब्सनका सल्लाहकार नारायण अधिकारीले निजी विद्यालयलाई नयाँ भिजनका साथ अगाडि बढ्नुपर्ने आग्रह गरेका हुन् । साथै प्रमुख अतिथि अधिकारीले शिक्षण सिकाइलाई समय सापेक्ष बनाउँदै अगाडि बढाउन पर्ने बताए ।

त्यस्तै कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार जीवनकुमार आचार्यले निजी विद्यालयलाई सुदृढ बनाउन प्याब्सनमा आवद्ध विद्यालयहरुले संगठनका आचार संहिता क्रियान्वयनमा जिम्मेवार रहनुपर्ने बताए । साथै उनले पछिल्लो चरणमा बाक्लिदै जान थालेको कोेरोना सङ्क्रमणका कारण उत्पन्न परिस्थितिमा विद्यार्थीलाई शिक्षण सिकाइबाट बञ्चित गराउन नहुने बताए ।

प्याब्सनका केन्द्रीय सदस्य केशव थापाले निजी विद्यालयलाई कसरी स्तरीकरण र सुदृढीकरण गर्न सकिन्छ ?, प्याब्सनको आचार सहिंतालाई अक्षरशः कार्यान्वयन गर्नुपर्ने, कोराना अवधिमा पठन संस्कृतिबाट अलि टाढा रहेका विद्यार्थीका आचरणमा परिवर्तन ल्याउनुपर्ने, विद्यार्थीमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने, अभिभावक — विद्यालयलाई जोड्नुपर्ने तथा समाजमुखी कार्यक्रममा प्याब्सनको सक्रिय सहभागिता हुन जरुरी रहेको बताए ।

त्यस्तै अर्का केन्द्रीय सदस्य यादव गिरीले कोभिड सङ्क्रमणका कारण मारमा परेको शिक्षण सिकाइलाई नोक्सानी हुनबाट बचाउने गरी शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिनुपर्ने बताए । साथै उनले कोभिडका कारण विद्यार्थीले पूर्ण शिक्षण सिकाइ गर्न नपाएको अवस्थामा प्याब्सनले आफ्नो प्रभावकारी भूमिका निभाउन जरुरी रहेको बताए ।

कोरोना भाइरसको सङ्क्रमणबाट थलिएका विद्यालयलाई कसरी लयमा फकाउने तथा अब प्याब्सन दाङको रणनीति विषयमा भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रीय प्याब्सनका लेखा समिति सदस्य सरीता देवकोटा, प्याब्सन लुम्बिनी प्रदेशका कोषाध्यक्ष अमर सुवेदी, प्याब्सन दाङका सल्लाहकार विनयकुमार मिश्र, घोराही नगर प्याब्सनका अध्यक्ष बिरेन्द्र चन्द, राप्ती नगर प्याब्सनका अध्यक्ष शोभाकर भुसाल, प्याब्सन तुलसीपुर नगरका अध्यक्ष गिरीराज डाँगी लगायतले आफ्ना विचार राखेका थिए ।

कार्यक्रम प्याब्सन दाङका निवर्तमान अध्यक्ष रेशम बहादुर बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मधुसुदन केसीले धन्यबाद ज्ञापन गरेका थिए । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विजय जिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण निवर्तमान सचिव खगेश्वर पौडेलले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्