प्रधानमन्त्री कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि ४ खेल हुँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानमन्त्री कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि ४ खेल हुँदै

    मा प्रकाशित

प्रधानमन्त्री कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि ४ खेल हुँदैछन् । आज कर्णाली र नेपाल पुलिस क्लब बीचको खेल किर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे हुनेछ । यस्तै बिहान ९ बजे नै सुदूरपश्चिम प्रदेश र त्रिभूवन आर्मी क्लव मुलपानी मैदानमा खेल्नेछन् ।

 

यसैगरी बागमती प्रदेश र प्रदेश २ दिउँसो १ बजे किर्तिपुरमा खेल्दा सशस्त्र प्रहरीको एपीएफ क्लब र लुम्बिनी प्रदेशले मुलपानीमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि हिजो भएको खेलमा सुदुरपश्चिम, लुम्बिनी र एपीएफ विजयी भएका थिए । त्रिभुवन आर्मी क्लब र प्रदेश१ बीचको खेल भने स्थगित भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्