लिटिल मिस भन्छिन् : डक्टर बन्ने लक्ष्य छ – Kanika Khabar
Friday, April 19Nepali News Portal

लिटिल मिस भन्छिन् : डक्टर बन्ने लक्ष्य छ

    मा प्रकाशित

No description available.

दाङ, ३० पुस ।
उत्सर्ग नेपालले आयोजना गरेको लिटिल मिस दाङको उपाधि जितेपछि ग्रीष्मा गिरीको प्रतिभा बाहिर आयो । २०७८ श्रावण १६ गते घोराहीमा भएको फाइनलमा ग्रीष्माले आफ्नो क्षमता र प्रतिभाले सबैलाई चकित पारिन् । उनको प्रस्तुति देख्ने र सुन्नेहरुले उनलाई ‘वाह’ भने । अरु प्रतिष्पर्धीभन्दा उनी अब्बल ठहरिन् । त्यो प्रतियोगितामा उनले उपाधीसहित लिटिल मिस ट्यालेन्टको अवार्ड पनि जितिन् ।

No photo description available.
बुवा दामोदर गिरी र आमा संगिता गिरीको पहिलो सन्तानको रूपमा २०६२ माघ २० गते जन्मिएकी ग्रीष्मा अहिले पद्मोदय नमूना मावि भरतपुरमा कक्षा ९ मा पढ्दै छिन् । पढाइमा उनी उत्तिकै अब्बल छिन् । भविष्यमा डाक्टर बन्ने उनको लक्ष्य छ । भन्छिन् ‘म डाक्टर बन्न चाहन्छु । गरिबीका कारण उपचार नपाएकाहरुको उपचार गर्नेछु । धेरै मानिसहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाएका छैनन् । म ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेछु ।’

May be an image of one or more people and people standing
उमेरले किशोरी भए पनि लिटिल मिस ग्रीष्मा निकै बौद्धिक छिन् । उत्तिकै संवेदनशील छिन् । समाज र देशका लागि केही गरौं भन्ने भावना छ । डाक्टर बनेर समाजलाई योगदान दिने उनको सपना छ । अहिले पनि उनी सामाजिक कार्यमा उत्तिकै सरिक हुन्छिन् । भन्छिन् ‘मलाई सामाजिक कार्यमा निकै रुचि छ । आफूले सकेको जति समाजसेवा गर्नेछु ।’

लिटिल मिस ग्रीष्मा कला साहित्य र संगीतमा निकै रुचि राख्छिन् । फुर्सदमा कविता लेख्ने, चित्र कोर्ने गर्छिन् । विद्यालयमा हुने प्रतियोगिताहरुमा उनले थुप्रै पुरस्कारहरु जितेकी छिन् । उनी नृत्यमा निकै पारङ्गत छिन् । भन्छिन, ‘मलाई नृत्य गर्न निकै आनन्द लाग्छ । म समय मिलेसम्म नृत्य क्षेत्रमा सक्रिय हुनेछु ।’

May be an image of one or more people, people standing and indoor

लिटिल मिस दाङको उपाधी जितेपछि उनमा हौसला, उत्साह र आत्मविश्वास निकै बढेको छ । ग्रीष्मा भन्छिन् ‘लिटिल मिस दाङ कार्यक्रममा सहभागी भएर मैले धेरै कुरा सिके । आफ्नो सीप, क्षमता र प्रतिभालाई कसरी प्रस्तुत गर्ने ? कसरी बोल्ने ? कसरी हिंड्ने ? साथीहरुसँग कसरी घुलमिल हुने र रमाउने ? जस्ता धेरै संस्कारिक कुराहरु सिक्ने अवसर मिल्यो । यो कार्यक्रमले ममा आत्मविश्वास बढाएको छ ।’
कलाप्रेमी, प्राकृतिप्रेमी एवम् वहुप्रतिभाशाली लिटिल मिस ग्रीष्माको डाक्टर बन्ने लक्ष्य पूरा होस्, शुभकामना ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्